
५ फाल्गुन, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियएसन नेपाल (एन प्याब्सन) काठमाडौँ महानगर कमिटीको आयोजनामा महानगरस्तरिय अन्तरविद्यालय हस्तलेखन प्रतियोगिता तथा एन प्याब्सन काठमाडौँ महानगर कमिटीमा आवद्ध विद्यालयका प्रिन्सिपल एवं एन प्याब्सन काठमाडौँ महानगर कमिटी पदाधिकारीको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गनु १ गते धुम्रबराह पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै उक्त हस्तलेखन प्रतियोगिता, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
बिहान ११ः३० बजेदेखि धुम्बाराहीमा रहेको युनिभर्सल सेकेण्डरी स्कूलमा हस्तलेखन प्रतियोगिता गरिएको थियो । सो पश्चात बेलुका ५ बजेदेखि ७ बजेसम्म धुम्रबराह पार्टी भेन्युमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

सिनियर र जुनियर दुवै तर्फ गरिएको उक्त हस्तलेखन प्रतियोगितामा जुनियरतर्फ सेन्ट जर्ज इन्टरनेशनल स्कूलकी छात्रा सेलोरिना चुडाल प्रथम भएकी छिन् । पिपुल्स एकेडेमीकी छात्रा सोफिया शाही द्धितीय, काठमाडौँ विद्या मन्दिरकी छात्रा आरोही खतिवडा तृतीय र प्राक्सिस इन्टरनेशनल स्कूलका छात्र जोसेफ राई चौथौँ भएका छन् ।
यस्तै सिनियर हस्तलेखन प्रतियोगितातर्फ लिटल बुद्धज एकेडेमीका छात्र निशान तामाङ प्रथम भएका छन् भने जोसेफ पब्लिक स्कूलकी छात्रा निकिता कथायत द्धितीय, सेन्ट जर्ज इन्टरनेशनल स्कूलकी छात्रा आकृती ठाकुर तृतीय र अरुणिमा सेकेण्डरी स्कूलका छात्र नाज्मिन ठाकुर चौथो भएका छन् ।
विजयी विद्यार्थीहरुलाई विहिबार नै ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा ४० विद्यालयको सहभागिता रहेको जनाइएको छ ।

उक्त कार्यक्रमको अवसरमा एन प्याब्सनकी संस्थापक अध्यक्ष गीता राणा, एन प्याब्सनका पूर्व अध्यक्ष बशन्त बहादुर श्रेष्ठ, निवर्तमान एन प्याब्सनका अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार कर्ण बहादुर शाहीलाई सम्मान गरिएको एन प्याब्सन काठमाडौँ महानगर कमिटीका अध्यक्ष भिष्म पाण्डेले बताए ।

काठमाडौँ महानगरको संस्थागत विद्यालय शाखा प्रमुखका मोती खनालको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली एवं पदाधिकारी, एन प्याब्सन काठमाडौँमा आवद्ध विद्यालयका प्रिन्सिपल लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।