शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मितेरी पुलमा हेल्थ डेस्क,कोरोनाको परिक्षण र परामर्श


  • सोमबार, फाल्गुन ५ २०७६
17.5K
SHARES

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपाल र चीनको सिमानामा रहेको रसुवागढीको मितेरी पुल नजिकै एक चिकित्सकसहित हेल्थ डेस्क स्थापनागर्ने बताएका छन् ।

सोमबार रसुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनमा कोरोना भाईरसको संक्रमण बढेसंगै नकाबाट आवत जावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न एक चिकित्सकसहित हेल्थ डेस्क स्थापना गर्न लागिएको बताए ।

अहिले सो स्थानमा टेन्ट तथा टिनको पातामुनी अहेबको टोलीले बिना उपकरण परामर्षमात्र दिने काम गर्दै आएको छ ।

कोरोना भाईरसको संक्रमण देखिएपछि चीनको केरुङ हुदै नेपाल प्रवेश गर्ने चीनीया पर्यटकहरुको संख्या आजकल सुन्य रहेको छ । संक्रमण भन्दा पहिले दैनिक १ सय ५० को संख्यामा चिनियाँ पर्यटक नेपालमा आउने गर्दथे ।

 

समाचार ईमेजखवर डटकमबाट ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा