शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फेरी चम्किए सन्दीप लामिछानेः ४ ओभरमा १० रन, ४ विकेट


  • बुधबार, फाल्गुन १५ २०७५
24.1K
SHARES

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा बुधबार ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिएका छन्।

लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत छैठौं खेलमा क्वेटा ग्ल्याडीयटर्सविरूद्ध उत्रिएका सन्दीपले ३ ओभर भित्रै ४ महत्वपूर्ण विकेट लिएका थिए। उनले अन्तिम ओभरमा २ रन खर्चिए पनि विकेट लिएनन्।

आफ्नो व्यक्तिगत पहिलो ओभरमा १ विकेट लिएर ३ रन खर्चिएका थिए। उनले पहिलो विकेटका रूपमा सेन वाट्सनलाई एलबिडब्लुको धरापमा पारे।

आफ्नो व्यक्तिगत दोस्रो ओभरमा दुई विकेट लिएका उनले २ रन खर्चिए। आफ्नो दोस्रो विकेट लिने क्रममा लामिछानेले रिले रोस्वोलाई पाँचौ ओभरको पहिलो बलमा आउट बनाए। त्यस्तै यही ओभरको अन्तिम बलमा लामिछानेले उमर अकमललाई बोल्ड गरेका थिए।

यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभरमा लामिछानेले ३ रन खर्चिएर १ विकेट लिए।

लामिछानेले ओभरको तेस्रो बलमा डानिस आजिजलाई आउट बनाए।

सन्दीपको टोली लाहोरले प्रतियोगितामा खेलेका ५ मध्य २ खेलमा जित र ३ मा हार बेहोरेको छ । ४ अंक बोकेको लाहोर अंक तालिकामा पाँचौ स्थानमा छ। सन्दीपले प्रतियोगिताको २ खेलमा मात्र खेलेका छन्। यसक्रममा उनले अहिलेसम्म ८ विकेट हात पारिसकेका छन्।

पहिलो खेलमा महँगो सावित भए पनि ३ विकेट लिएका सन्दीपले दोस्रो खेलमा कसिलो बलिङ गर्दै १ विकेट लिएका थिए।

अंक तालिकामा ५ खेलमा ४ जित र १ हारसहित क्वेटा ८ अंक बोकेर शीर्ष स्थानमा कायम छ । यस खेलमा पराजित भएको खण्डमा लाहोरको अर्को चरण पुग्ने सम्भावना कठिन बन्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा