कपन स्थित जुगल स्कुल/कलेजमा कक्षा ११मा अध्ययनरत व्यवस्थापन समूहका सम्पूर्ण विद्यार्थीहरुले कमलादी स्थित हिमालय बैंकको केन्द्रिय कार्यलयमा आज अध्ययन भ्रमण गरे । बैंकको मानव संसाधन विभागको संयोजनमा विद्यार्थीहरुले बैंकका सम्पूर्ण विभागकहरुको निरिक्षण गरे ।
त्यसको अतिरिक्त विद्यार्थीहरुलाई बैंकिङ प्रणाली लगायतका विषयमा विशेष प्रशिक्षण समेत दिइयो । मानव संसाधन विभागकका सहायक प्रबन्धक कविन्द्रराज पाण्डेले विद्यार्थीहरुलाई बैंकिङ् प्रणाली, सफानोट, वचत, लगानी लगायत विविध विषयमा अन्तरक्रियात्मक प्रस्तुती दिनुभयो । विद्यार्थीहरुले पनि आफुहरु भविष्यमा यसै क्षेत्रमा कार्य गर्ने लक्ष्य रहेको बताउँदै आवश्यक सुझाव पनि मागे । उक्त कार्यक्रममा जुगल प्लस टुका संयोजक नारायाण बुढाथोकी तथा प्रिन्सिपल विवेक विनयीको पनि उपस्थिी रहेको थियो ।
विद्यार्थीहरुलाई व्यवहारीक एवं सिप मुलक शिक्षा दिने जुगलको प्रमुख उद्देश्य रहेको र सोही अनुरुप यस बैंकमा प्रत्यक्ष भ्रमण तथा अन्तरक्रियात्मक कार्यक्रमको लागि विद्यार्थीहरुलाई ल्याइएको बताउँदै प्रिन्सिपल विनयीले आगमि दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर गरिरहने बताउनु भयो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले हिमालय बैँकका एचआर अफिसर इशान बस्नेत र जुगल कलेजका प्लस टु इन्चार्ज नारायण बुढाथोकीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।