काठमाडौँ ।
नागार्जुन नगरपालिका वडा नम्वर १, रानिवनमा रहेको सभ्यता पाठशालाले सरस्वती पुजाको अवसरमा ‘मेरी किड्स इभेन्ट सिजन–४’ सम्पन्न गरेका छ ।
माघ १६ गते स्कूलको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
नागार्जुन नगरपालिकाका मेयर मोहन कुमार बस्नेतको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा स्कूल व्यबस्थापन टिम, प्रिन्सिपल ध्रुव कुमार देव, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बिहानी सत्रअन्तर्गत विद्याकी देवी सरस्वती वन्दना वाचन तथा सरस्वतीको पुजा गरि मनाइएको थियो भने दिनभर नवआगन्तु विद्यार्थीहरुको भर्ना तथा अक्षरारम्भ गरिएको थियो ।
दिवासत्र अन्तर्गत ‘मेरी किड्स इभेन्ट सिजन–४’ गरिएको थियो । सरस्वतीलाई पुजा गरि कार्यक्रमका प्रमुख अतिथि मेयर बस्नेतले किड्स इभेन्टको उद्घाटन गरेका थिए ।
बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म चलेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, नाटक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर बस्नेतले विद्यालयको अझ प्रगतीको शुभकामना दिँदै विद्यार्थीहरुको चौतफी विकासमा टेवा पुग्ने गरि आयोजना गरिएको ‘मेरी किड्स इभेन्ट’ फलदायी रहेको बताएका थिए ।
उक्त कार्यक्रमको अवसरमा मेयर मोहन कुमार बस्नेत, वडाअध्यक्ष रामचन्द्र लामा, वडा सचिव भुवन गिरी, कार्यपालिका सदस्य शान्ता लामा, सामाजिक अभियान्ता राजेन्द्र उप्रेती, पत्रकार श्याम कार्की, पत्रकार सोनितराज ढुंगेललाई सम्मान गरिएको थियो ।
यस्तै विद्यालयले प्रकाशन गरेको ‘सभ्यता मिरर’को समेत विमोचन गरिएको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले सभ्यता पाठशालाका फाउण्डर, प्रिन्सिपल ध्रुव कुमार देवसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।