शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

नेशनल युनाइटेडमा वार्षिक खेलकुद कार्यक्रम जारी


  • आइतबार, माघ १९ २०७६
24.9K
SHARES

१७ माघ, काठमाडौं ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोक, हात्तिगौडामा रहेको नेशनल युनाइटेड स्कुलमा माघ १६ गते बिहीबारदेखि सुरु भएको अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम दोस्रो दिन आज (माघ १७ गते) पनि जारी रहेको छ ।


हरेक वर्ष सहिद दिवसको अवसर पारेर आयोजना गरिँदै आएको कार्यक्रमको दोस्रो दिन फुटसल, ब्याडमिन्टन, बुद्धिचाल, हाई जम्प, लङ्ग जम्प, क्यारम बोर्ड लगायत १९ वटा स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।


दोस्रो दिन सम्पन्न फुटसल तर्फ सिनियर ब्वाइजको भिडन्तमा रेड हाउसले प्रथम स्थान हासिल गर्दा एल्लो हाउसले द्वितीय स्थान प्राप्त ग¥यो भने गल्र्सतर्फ ग्रिन हाउसले एल्लो हाउसलाई हराई स्पर्ण पदक पक्का ग¥यो । जुनियर ब्वाइज तथा गल्र्सतर्फ आ—आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै ब्लृ् हाउस तथा रेड हाउस विजेता बन्न सफल भए ।

कार्यक्रममा रोड रेस, बास्केटबल लगायत बाँकी रहेका स्पर्धाहरु यही माघ १८ गते शनिबार सम्पन्न हुने छन् भने विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफीद्धारा पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा