शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

प्राक्सिसको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)


  • आइतबार, माघ १९ २०७६
23.1K
SHARES

१९ माघ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ६, चुच्चुपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीको सरस्वती पुजा/अक्षरारम्भ, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


माघ १६ गते स्कूलको प्रांगण चुच्चेपाटीमा एक भव्य कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


विहानी सत्र अन्तर्गत सरस्वती पुजा विशेष कार्यक्रम गरिएको थियो । विद्याकी देवी सरस्वतीलाई पुजा गरिएको थियो भने सोही दिनको अवसरमा नयाँ स–साना नानी–बाबुहरुको अक्षरारम्भ समेत गरिएको थियो ।


दिवासत्र अन्तर्गत बिहान ११ बजेदेखि करिब ४ बजेसम्म पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।


कार्यक्रममा सोमबारदेखि सुरु भएको वार्षिक खेलकुद उत्सवमा विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।


यस्तै उक्त अवसरमा यस वर्षको शैक्षिक सत्र भित्र विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने २०७५ को फाइनल परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।


प्रा.डा.श्रृधर गौतमको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य प्रह्लाद दाहाल, वरिष्ठ कोरियोग्राफर महेश गोदार, स्कूल व्यबस्थापक टिम, अभिभावक, शिक्षक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


यस्तै उक्त कार्यक्रममा विद्यालयको तर्फबाट अतिथिहरुलाई भिजिट नेपाल २०२० अंकित मायाको चिनो प्रदान गरिएको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्राक्सिस इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल एवं प्याब्सकका अध्यक्ष, एन प्याब्सन काठमाडौँका सञ्चार विभाग प्रमुख गेन्द्र लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा