शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

कान्तिपुरको ‘वार्षिक खेलकुद दिवस’ सुरु (भिडियो)


  • आइतबार, माघ १९ २०७६
30.3K
SHARES

१९ माघ, काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६, बौद्ध पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कूलले वार्षिक खेलकुद दिवस माघ १९ गते आइतबार (आज) बाट सुरु गरेको छ ।


स्कूलको प्रांगण पिपलाबोटमा उद्घाटन कार्यक्रम गर्दै वार्षिक खेलकुद दिवस सुरु गरिएको हो ।


एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष रमेश अर्याल, प्याब्सकका अध्यक्ष एवं एन प्याब्सन काठमाडौँका सञ्चार विभाग प्रमुख गेन्द्र लामा, एन प्याब्सन गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष मोहन अधिकारी, प्याब्सकका महासचिव राजन श्रेष्ठ, स्कूल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं कार्यक्रमकी सभापति लक्ष्मि गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि वार्षिक खेलकुद दिवसको उद्घाटन गरिएको थियो ।


शिक्षाविद तथा कान्तिपुरका प्रिन्सिपल स्वर्गिय बाल कुमार गुरुङको सम्झना एक मिनेट मौनधारण तथा फोटोमा माल्यार्पन गरि उनको सम्झना गरिएको थियो ।


कान्तिपुरमा अध्ययनरत विद्यार्थीहरुले मार्चपास तथा नृत्यद्धारा अतिथिहरुलाई स्वागत गरेका थिए ।


माघ २३ गतेसम्म चल्ने उक्त खेलकुद दिवसमा विजयी हुने टिम तथा विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिने विद्यालयका डाइरेक्टर राजकुमार गिरीले बताए ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले कान्तिपुर एकेडेमी हाई स्कूलकी फाउण्डर, प्रिन्सिपल लक्ष्मि गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 

 

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा