१६ माघ, काठमाडौँ ।
कपन स्थित जुगल इङिलस मिडियम स्कुलले भव्य सरस्वती पूजा तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न ग¥यो ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आयोजित विशेष कार्यक्रममा यस पटक चर्चित हाँस्य कलाकार तथा लेखक मनोज गजुरेललाई जुगल सरस्वती सम्मानद्वारा सम्मानित गरियो ।
नेपाली कलाकारिताको क्षेत्रमा आफ्नो वेजोड हाँस्य प्रतिभा मार्फत सिंगो नेपाल र नेपालीलाई जागरुक, एकबद्ध एवं सृजनशिल बनाउन गजुरेलले पु¥याएको योगदानको उच्च कदर गर्दै विद्यालयले सरस्वती पूजाको पवित्र अवसरमा सम्मान गरेको हो ।
भोजपुरको विकट गाउँमा जन्मेका गजुरेलले सानै उमेरमा पिता गुमाए पछि कठिन जिन्दगी भोग्नु प¥यो । तत्पश्चात विभिन्न जिल्लाहरुमा बसाईँ सर्दै जाँदा उनीहरु भ्mापा झरे । त्यहाबाट उनको यात्रा राजधानीतर्फ सोझियो । सानैदेखि कलाकारितामा रुची भएका गजुरेल आफ्नो दुःख पूर्ण यात्रालाई निरन्तर जारी राखे । संघर्ष गर्दै जाँदा आज गजुरेल देशको प्रतिष्ठित एवं बौद्धिक हाँस्य कलाकार बने ।
उनी नेपालको पहिलो रियालेटी शो कमेडी च्याम्पियनमा निर्णयकको भूमिकामा पनि छन् । जुगलले उनको समग्र योगदानलाई आज सम्झेको छ । केन्द्रिय प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सरस्वती पूजाको अवसरमा जुगलले सम्मान गरेर मलाई हौसला दिएको बताए । यस्तो अवसरमा आजसम्म कुनै सम्मान नमिलेको भन्दै जुगलले संस्कार अनि शिक्षा भन्ने मुल नारालाई जीवन्त रुपमा उतारेको गजुरेलले उद्घोष गर्दै विद्यालयलाई धन्यवाद दिए ।
प्रमुख अतिथि कृष्ण अधिकारीले विद्यालय अत्यन्तै राम्रो काम गरेकोले सम्पूर्ण विद्यालयहरुमा यसले उत्साह भर्ने बताए ।
विद्यालयव्यवस्थापन समितिका अध्यक्ष डोर प्रसाद आचार्य एवं विद्यालयका प्राचार्य विवेक विनयीले हरेक वर्ष सरस्वतीका आर्शिवादले चम्केकाहरुलाई जुगलले सम्मान गर्दै आएको र यसले आफ्ना विद्यार्थीहरुलाई पनि राष्ट्रिय योगदान गर्न प्रेरणा मिलोस् भन्ने विद्यालयको सदिच्छा रहेको बताए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले जुगल इङिलस मिडियम स्कूल, कलेजका संस्थापक प्रिन्सिपल विवेक विनयीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।