काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले बृहत वार्षिक खेलकुद सप्ताह सुरु गरेका छ ।
माघ १३ गते सोमबार स्कूलको प्रांगण चुच्चेपाटीमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै बृहत वार्षिक खेलकुद सप्ताह सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष सुद्ध कुमार डंगोलको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, काठमाडौँ महानगरपालिका शिक्षा विभाग स्रोत व्यक्ति यमनाथ चौलागाई, एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष नारायण बाबु तिम्सिना, प्याब्सकका उपाध्यक्ष समिर बास्तोला, प्याब्सकका महासचिव राजन श्रेष्ठ, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरि प्रमुख अतिथि डंगोलले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
यस्तै उक्त कार्यक्रमको अवसरमा प्राक्सिसमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।
मार्च पासद्धारा उपस्थित अतिथिहरुलाई विद्यार्थीहरुले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डंगोलले खेलकुद सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले नेपालमा खेलाडी बनेर पनि निर्भर रहन सकिने भन्दै खेलाडी विद्यार्थीहरुलार्य हौसला थपेका थिए ।
बृहत वार्षिक खेलकुद सप्ताह सोमबारदेखि बिहिबारसम्म चल्नेछ भने विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा बिहिबार सरस्वती पुजा विशेष कार्यक्रमका विच पुरस्कृत गरिने प्रिन्सिपल गेन्द्र लामाले बताए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्राक्सिस इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल गेन्द्र लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।