
१५ माघ, काठमाडौँ ।
पवित्रनगर मार्ग, सामाखुशीमा रहेको महर्षि स्कूलले माघ १६ गते बिहिबार सरस्वती पुजाको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
स्कूलको प्रांगण पवित्रनगर मार्गमा सरस्वतीको पुजा, अक्षरारम्भ कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको विधि पुर्वक पूजा आराधना तथा स्तोत्रपाठ गरि बिहान ७ बजेदेखि दिनभरिसम्म विद्यार्थी, अभिभावक तथा स्थानियका लागि सरस्वतीको पुजा गर्न समय दिइएको छ । उक्त अवसरमा स–साना नानी–बाबुहरुको अक्षरारम्भ एवं सांस्कृतिक कार्यक्रम पनि हुने प्रिन्सिपल निर्मल पौडेलले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।