
१५ माघ, काठमाडौँ ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ७, स्पेशल चोकमा रहेको मञ्जरी सेकेण्डरी स्कूलले सरस्वती पुजाको अवसरमा माघ १६ गते बिहिबार ‘अक्षरारम्भ’ कार्यक्रम गर्ने भएको छ ।
स्कूलको प्रांगण स्पेशल चोकमा हुने उक्त कार्यक्रममा सरस्वतीको पूजा तथा स–साना नानीबाबुहरुको अक्षरारम्भ गरिने जनाइएको छ ।
बिहान ७ बजेदेखि दिनभर सरस्वतीे पुजा तथा अक्षरारम्भ कार्यक्रम हुनेछ । अक्षरारम्भ पश्चात नानी–बाबुहरुको नयाँ भर्ना लिइनेछ । प्ले ग्रुपदेखि कक्षा १ सम्म नयाँ भर्ना हुने विद्यार्थीहरुलाई विशेष छुट हुने प्रिन्सिपल टिका गौतमले बताउनु भयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।