
ललितपुर महानगरपालिका–१७ ग्वार्काेबाट रेड पाण्डाको एक थान छालासहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका–५ बस्ने २० वर्षीय हेमराज विक, सोही नगरपालिका–४ बस्ने २० वर्षीय तिलक बस्नेत र नलगाड नगरपालिका–५ बस्ने २३ वर्षीय राजेन्द्र चुनारा रहेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१७ ग्वार्काेस्थित बीएस क्याफेबाट उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।