काठमाडौँ ।
नेसनल प्याब्सन काठमाडौँको सक्रिय क्लस्टर ग्रुप अफ इन्स्टिच्युसनल स्कुल्स फर एडिसनल को–करिकुलर एक्टिभिटिज (जिसाका) ले आयोजना गरेको ‘जिसाका जुनियर फुटबल कप’ सम्पन्न भएको छ ।
शुक्रबार भिमसेनगोला ओरालोमा रहेको किङ कङ ग्राउण्डमा विजयी टिमलाई पुरस्कृत गर्दै ‘जिसाका जुनियर फुटबल कप’ सम्पन्न भएको हो ।
शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ कोलम्बस स्कुलाई १–३ गोल अन्तरले पछि पार्दै काठमाडौँ विनायक शिक्षालय (के भी एस) ले जिसाका जुनियर फुटबल कपको उपाधि पाएको छ । पिस प्वाइन्ट मण्टेश्वरी स्कुल, इमाडोल तेश्रो भएको छ । यस्तै कोलम्बस स्कुलका छात्र विनय थाप उत्कृष्ठ खेलाडी र के भी एस स्कुलका छात्र निराजन भण्डारी उत्कृष्ठ गोलरक्षक घोषित भएका छन् ।
यस्तै छात्रतर्फ भएको फाइनल खेलमा एजिएम स्कुललाई ०–१ गोल अन्तरले पछि पार्दै पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलले जिसाका सिनियर छात्रा फुटबल कपको उपाधि पाएको छ । के भी एस स्कुल तेश्रो भएको छ ।
विजयी टिम तथा विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
पाच दिनसम्म चलेको उक्त नवौँ जुनियर फुटबल कप र सातौँ सिनियर छात्रा फुटबल कपको शुक्रबार भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगरपालिकाका अध्यक्ष अमृत खड्का, जिसाकाका अध्यक्ष श्याम योञ्जन, सचिव सम्झना लामा, पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलकी भाईस–प्रिन्सिपल कल्पना न्यौपाने लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले जिसाकाका अध्यक्ष श्याम योञ्जनसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पातित भिडियो अंशः
‘जिसाका फुटबल कप’ को समापन तथा पुरस्कार वितरण कार्यक्रम थप तस्विरमाः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।