
४ माघ, काठमाडौँ ।
शहिद दिवसको अवसरमा प्रि–स्कूलहरुको छाता संगठन मण्टेश्वरी एसोसिएसन नेपालले राष्ट्रिय झण्डा दिवस मनाउने भएको छ ।
बिभिन्न जाति, धर्म, भेषभूषा, भाषा, संस्कृति, भौगोलिक विविधता भएको हाम्रो देशमा हामी सारा नेपालीहरुलाई एकताको छातामुनि उभ्याउने एकताको प्रतिकको रुपमा राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको बताइएको छ ।

एसोसिएसनले सम्पुर्ण राष्ट्रप्रेमी नेपाली जनता, विधार्थी, अभिभावक, बिद्यालय, बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरुलाई आ–आफनो क्षेत्रबाट माघ १६ गते राष्ट्रिय भण्डा दिवसको सुरुवात गर्न अनुरोध गरेको छ ।

गत बर्ष बेष्ट मण्टेश्वरीमा राष्ट्रिय झण्डा दिवस परिक्षणको रुपमा शुरुवात गरिएको थियो । अभिभावक तथा विद्यार्थीहरुबाट यस्ता खाले कार्यक्रमले सकारात्मक परिणाम आएकाले यस बर्षदेखी विभिन्न जिल्ला कमिटीहरु मार्फत तथा अन्य माध्यमहरुबाट पहल गरी देशैभरी राष्ट्रिय भण्डा दिवस मनाउन लागिएको मण्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष शुष्मा लामाले बताइन् ।

उक्त दिन सरस्वती पुजा पनि परेको हुँदा बिद्यालयमा पठन–पाठन नहुने हुँदा आफ्ना बिद्यार्थीहरुलाई राष्ट्रिय भण्डा लिई आफ्ना टोल छिमेकमा गई राष्ट्रिय एकताको प्रतिक तथा महत्वको बारेमा जानकारी गराईने महासचिव दीपा थापाले जानकारी दिइन ।

हाल हामी नेपाली जनताहरु विभिन्न समूह, पार्टी तथा नितिहरुमा बिभाजित भई देशप्रति कुनै प्रेम दायित्व नभई समूहगत स्वार्थमा मात्र सिमित रहेको परिपेक्षमा यस्ता खाले कार्यक्रमले देशमा फेरी एकताको माहोल तयार हुने दाबी उपाध्यक्ष संजय लामाको बताए ।