शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

रिलायन्स पब्लिकको वार्षिक खेलकुद उत्सव सम्पन्न (भिडियो)


  • शुक्रबार, माघ ३ २०७६
22K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको रिलायन्स पब्लिक स्कूलले वार्षिक खेलकुद उत्सव सम्पन्न गरेको छ ।
शनिबार भव्य कार्यक्रमका विच उक्त वार्षिक खेलकुद उत्सव सम्पन्न गरिएको हो ।


राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, ओलम्पियन तथा प्रदेश सभासद सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा ओलम्पियन पुष्पराज ओझा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापा, खेलकर्मी नविन पाण्डे, जिखेविस काठमाडौंका निर्वतमान उपाध्यक्ष दामोदर भट्टराई (बद्री), बक्सिङ्गका वरिष्ठ प्रशिक्षक ओम मास्के लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


रिलायन्स पब्लिकमा अध्ययनरत ४ सदनका विद्यार्थीहरुले मार्च पासद्धारा उपस्थित अतिथि, अभिभावकहरुलाई स्वागत गरेका थिए भने विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।


साताव्यापी रुपमा आयोजना गरिएको उक्त वार्षिक खेलकुद उत्सवमा विजयी खेलाडीहरुलाई विद्यालयको तर्फबाट पुरस्कृत गरिएको थियो ।


यस्तै उक्त अवसरमा विद्यालयको तर्फबाट १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान प्रदान गरेको छ ।

विद्यालयमा आयोजित उक्त कार्यक्रममा सागमा कराँते तर्फ स्वर्ण विजेता अनु अधिकारी, बास्केटबल मार्फत रजत विजेता माया स्याङ्गतेन र व्याडमिन्टन तर्फ कास्य पदक विजेता जेसिका गुरुङ गरी तिन जनलाई नगद सहित सम्मान गरेको हो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापा र कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर ५ का प्रदेशसभा सदस्य सुरेन्द्र हमालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा