१३ फागुन, काठमाडौँ ।
एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर नेपाल (अपेन) बुढानिलकण्ठको आयोजनामा ‘अपेन अन्तर प्रि–स्कुल किडएथ्लोन’ सोमबार (आज) बाट सुरु भएको छ ।

कपन बालुवाखानीमा रहेको श्रेष्ठ फुट्सलमा उद्घाटन कार्यक्रम गर्दै ‘अपेन अन्तर प्रि–स्कुल किडएथ्लोन’ सुरु गरिएको हो ।

अपेनका अध्यक्ष बद्रि प्रसाद दाहालको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा अपेनका केन्द्रिय सदस्य कृष्ण बोहरा, अपेनका केन्द्रिय सदस्य कमला ढकाल अधिकारी, अपेन बुढानिलकण्ठका अध्यक्ष राज कुमार घिमिरे एवं पदाधिकारी, अपेन बुढानिलकण्ठका सदस्य प्रि–स्कुलका प्रिन्सिपल, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अपेनका अध्यक्ष दाहाल र अपेन बुढानिलकण्ठका अध्यक्ष घिमिरेले संयुक्त रुपमा प्रतियोगिताको व्यानरलाई सार्वजनिक गर्दै ‘अपेन अन्तर प्रि–स्कुल किडएथ्लोन’ को उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं अपेनका अध्यक्ष दाहालले अपेन बुढानिलकण्ठले आयोजना गरेको ‘अपेन अन्तर प्रि–स्कुल किडएथ्लोन’ को पुर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

२ दिनसम्म चल्ने उक्त अन्तर प्रि–स्कुल किडएथ्लोनमा अपेन बुढानिलकण्ठमा आवद्ध १३ प्रि–स्कुलको सहभागिता रहेको अपेन बुढानिलकण्ठका अध्यक्ष राज कुमार घिमिरेले बताए ।

किडएथ्लोनमा फुट्सल, ह्याण्डबल, रिले रेस, म्युजिकल चेअर, पार्टनर रेस विथ बलुन, इटिङ रेस, अफ्सट्याकल रेस लगायत विभिन्न १० विधामा प्रतियोगिता हुने बताइएको छ ।

विजयी टिम तथा खेलाडिलाई ट्रफी, मेडल प्रदान गरिनेछ ।

प्रतियोगितालाई अपेन बुढानिलकण्ठका सचिव विनोद थापाले संयोजन गरेका छन् ।
