१३ माघ, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० मिलनचोकमा रहेको जोसेफ हाई स्कुल र इन्टरनेशनल जोसेफ पब्लिक स्कुलको संयुक्त आयोजनामा ‘उपत्यकाव्यापी प्रथम ह्याण्डबल जोसेफ कप’ सम्पन्न भएको छ ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा ह्याण्डबल ग्राउण्ड, कपनमा जोसेफ कपको समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्दै ‘उपत्यकाव्यापी प्रथम ह्याण्डबल जोसेफ कप’ सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, नेपाल ह्याण्डबल संघका कोषाध्यक्ष मिठ्ठाराम अधिकारी, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० का वडाअध्यक्ष नवराज भट्टराई, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष शम्भु भट्टराई, काठमाडौँ खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपाने, काठमाडौँ खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराई (बद्री) लगायत ह्याण्डबल तथा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जोसेफमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।
आइतबार भएको फाइनल खेलमा द नेम्स स्कुललाई पछि पार्दै ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलले ‘उपत्यकाव्यापी प्रथम ह्याण्डबल जोसेफ कप’ को उपाधि पाएको छ ।
यस्तै आयोजक विद्यालय जोसेफ हाई स्कुल तेश्रो भएको छ ।
विजयी टिम तथा खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ भने विभिन्न विधामा उत्कृष्ठ भएका खेलाडिलाई ट्रफी प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बुढानिलकण्ठ नगरपालिकाका मेयर खरेले विजयी टिमलाई बधाई दिँदै ह्याण्डबल खेलको बढावाका निम्ति नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
कार्यक्रमका सभापति एवं जोसेफ हाई स्कुलका प्रिन्सिपल सुर्य बहादुर अधिकारीले आमन्त्रित सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै ‘उपत्यकाव्यापी प्रथम ह्याण्डबल जोसेफ कप’ भव्यताका साथ सम्पन्न भएको बताउनु भएको थियो । अब हरेक वर्ष ह्याण्डबल ग्राउण्ड, कपनमा जोसेफले पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको आयोजना गर्दै जाने प्रतिवद्धता जाहेर गर्नुभयो ।
सोही प्रतियोगितामा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले जोसेफ हाई स्कुलका फाउण्डर, प्रिन्सिपल सुर्य बहादुर अधिकारीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।