शनिबार, साउन ९ २०८३
ताजा अपडेट

साम्तेनले गर्यो कोरियन टिमको विदाई (फोटोफिचर)


  • बुधबार, माघ १ २०७६
22K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान कार्यक्रम पुस २८ गते सोमबार सम्पन्न गरेको छ ।


दक्षिण कोरिया स्थित गाङ्रुङ वोन्जो युनिभर्सिटीसंगको सहकार्यमा मंगलबारदेखि नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान सुरु भएको थियो । पुस २८ गते सोमबार उक्त सांस्कृतिक आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।


बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर रमा देवी राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष राजु अधिकारी, एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष नारायण बाबु तिम्सिना, गाङ्रुङ वोन्जो युनिभर्सिटी कोरियाका प्रा. डा. पार्क सेही, महासचिव रोह चुङ् चुल, प्रा.डा.को क्युन्ह्यो, किम जोनङ्चेन लगायत ३२ जनाको टिम, नेकोसका अध्यक्ष अक्कल तामाङ, साम्तेनका संस्थापक निम्तो र निमा शेर्पा, प्रिन्सिपल शक्ति नेपाल, खेलाडी दिपक लामा, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा दन्त विशेषज्ञ भोलन्टियरलाई प्रसंश–पत्र प्रदान गरिएको थियो ।


यस्तै साम्तेनमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, कराँते प्रदर्शनी लगायका विधामा आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रममा गाङ्रुङ वोन्जो युनिभर्सिटीका महासचिव रोह चुङ् चुलले साम्तेन स्कुलसँगको समन्वयमा साम्तेनका विद्यार्थीहरुलाई गाङ्रुङ वोन्जो युनिभर्सिटीमा सहभागि गराई कोरियामा सांस्कृतिक आदान–प्रदान कार्यक्रम गर्न आफु इच्छुक रहेका वताएका थिए । नेपालको भिजिट वर्ष २०२० लाई सफल पार्न सहयोग गर्ने र साम्तेनले सुरु गरेको स्मार्ट पद्धतीको प्रशंसा अनि हरेक वर्ष साम्तेनमा यस किसिमको कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


१० दिनसम्म चलेको उक्त सांस्कृतिक आदान–प्रदान कार्यक्रममा ग्यांगरुङ वन्जु युनिभर्सिटीबाट २९ जना प्रोफेसर तथा विद्यार्थीहरु आएका थिए । सोमबार उनीहरुको विदाई समेत गरिएको थियो ।


खेलकुद, नृत्य, गायन, डेन्टल चेकअप, सांस्कृतिक आदान–प्रदान गरिएको थियो ।

 

 

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा