
२७ पुस, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको जिपी कोइराला मेमोरियल सामुदायिक क्याम्पसको ‘जिपी गायन आइडल सिजन–३’ सम्पन्न भएको छ ।

शुक्रबार कलेजको प्रांगणमा एक भव्य कार्यक्रमको आयोजना गर्दै जिपी गायन आइडल सम्पन्न गरिएको हो ।

फाइनका लागि जिपीमा अध्ययनरत १५ प्रतियोगि सहभागि भएका थिए । जसबाट सुरज डंगोलले उपाधी जितेका छन् । शंखर ढुंगाना दोश्रो, विजय योंहाङ्ग तेश्रो र सागर नेपाल चौथो भएका छन् ।

शुक्रबार नै विजयी विद्यार्थीहरुलाई ट्रफीद्धारा पुरस्कृत गरिएको क्याम्पस प्रमुख मोहन राज राईले बताए ।

उक्त प्रतियोगितालाई सोफिया थापा र कबिता श्रेष्ठले निर्णायक भुमिका निर्वाह गरेका थिए भने डिबी बोहराले कार्यक्रम सञ्चालन गरेका थिए ।





















खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।