
२७ पुस, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९, मण्डिखाटारमा रहेको छुनामुना मण्टेश्वरी स्कूलले यस वर्षको खेलकुद दिवस सम्पन्न गरेको छ ।

हरेको वर्ष आयोजना गर्दै आएको खेलकुद दिवस यस वर्ष गोल्फुटार स्थित बास्केटबल ग्राउण्डमा पुस २५ गते शुक्रबार सम्पन्न गरेको हो ।

नर्सरीदेखि कक्षा १ सम्मका ४० भन्दा बढी विद्यार्थीहरुलाई सहभागि गराइएको उक्त खेलकुद दिवसमा फुटबल, म्युजिकल चेअर, ह्याण्डबल लगायतका खेलहरुमा विद्यार्थीहरुविच प्रतिस्पर्धा गराइएको थियो ।

शुक्रबार नै विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडलद्धारा पुरस्कृत गरिएको प्रिन्सिपल कमला ढकाल अधिकारीले बताउनु भयो ।





खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।