शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

ग्रिन लन्च एकेडेमीको ‘अभिभावक दिवस’ सम्पन्न (भिडियो)


  • बिहिबार, पुष २४ २०७६
23K
SHARES

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर १४, बल्खुमा रहेको ग्रिन लन्च एकेडेमीले अभिभावक दिवस सम्पन्न गरेको छ ।


शनिबार टियूको स्मिृती भवनमा भव्य कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरेको हो ।


कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा विद्यालय व्यबस्थापन समितीका अध्यक्ष मोहन कुमार बस्नेत, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


पानसमा दीप प्रज्वलन गरि प्रुमख अतिथि ढकालले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


कार्यक्रममा ग्रिन लन्चमा अध्ययनरत विद्यार्थीले विभिन्न गीतमा नृत्य, गायन, नाटक लगायत विभिन्न कलालाई प्रस्तुत गरेका थिए ।


बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चलेको उक्त कार्यक्रममा अभिभाकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्कूलका प्रिन्सिपल भिष्म पाण्डेले न्युन शूल्कमा ग्रिन लन्चले नाम चलेको विद्यालय सो सरह उत्कृष्ट शिक्षा दिइरहेको बताए । यस्तै विद्यालयले वार्षिक रुपमा भएको गतिविधि तथा विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा सहभागि भएर पाएका उपाधिहरुको बारेमा पनि प्रिन्सिपल पाण्डेले अभिभावकहरुलाई जनाएका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ढकालले विद्यार्थी, अभिभावकहरुको अझ आस्थाको केन्द्र हुन सकोस् भन्दै विद्यालयको प्रगतीको शुभकामना व्यक्त गरेका थिए ।
राष्ट्रिय शिक्षा निती बारे छोटो बोल्दै ढकालले निजी क्षेत्रबाट सञ्चालित विद्यालयलहरु माथि अंकुश लगाउन खोजिएको भन्ने आशंका नगर्न आग्रह गरेका थिए । सरकारले लामो समयको अध्ययन पछि राष्ट्रिय शिक्षा निती बनाएको हो । उक्त शिक्षा निती अन्तर्गत सरकारी विद्यालयलाई अझ प्रभावकारी बनाउँने, क्षमताशिल बनाउँने र आम नेपालीहरुको छोरा छोरीहरुलाई आकर्षणको केन्द्रमा पुर्याउने लक्ष्यका साथ ल्याइएको उनले बताए ।


यस्तै कार्यक्रमका सभापती एवं अध्यक्ष बस्नेतले कार्यक्रमलाई सभ्य, भव्य रुपमा सफल बनाउँन भुमिका निर्वाह गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्न सधै प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले ग्रिन लन्च एकेडेमीका प्रिन्सिपल भिष्म पाण्डेसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा