२१ पुस, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कूलको यस वर्षको ‘वार्षिक खेलकुद उत्सव’ सुरु भएको छ ।
सोमबार स्कुलको प्रांगण सिफलमा भव्य कार्यक्रमको आयोजना गर्दै खेलकुद उत्सवको उद्घाटन गरिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष सुद्ध कुमार डंगोलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा समुदाय–प्रहरी साझेदारीका कार्यक्रम अन्तर्गतका विद्यालय साझेदारी सम्पर्क समितीका संयोजक एवं असई प्रदिप रेग्मि, विद्यालयका अध्यक्ष हेमचन्द्र महतो एवं व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सुद्ध कुमार डंगोल र कार्यक्रमका सभापती विद्यालयका अध्यक्ष हेमचन्द्र महतोले संयुक्त रुपमा गमलामा पानी हाली खेलकुद उत्सवको औपचारिक उद्घाटन गरेका थिए ।
यस्तै लाइसियममा अध्ययनरत विद्यार्थीहरुले मार्च पासद्धारा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।
५ दिनसम्म चल्ने उक्त खेलकुद उत्सवको उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुद्ध कुमार डंगोलले आफ्नो छोटो मन्तव्य मार्फत खेलकुद उत्सवको सफलता शुभकामना व्यक्त गर्दैै आफु खेलकुदको विकासमा सधै प्रतिवद्ध रहने उनले बताए ।
२५ गते वार्षिक खेलकुद उत्सवको समापन हुनेछ । विजयी टिम तथा विद्यार्थीहरुलाई ट्रफी, मेडलद्धारा सम्मान गरिने जनाइएको छ ।
सोही खेलकुद उत्सव केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले लाइसियम मोडल स्कूलका फाउण्डर, प्रिन्सिपल राजेन्द्र थपलियासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।