शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

विद्यार्थी कुट्ने शिक्षक पक्राउ


  • सोमबार, पुष २१ २०७६
16.3K
SHARES

रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ ।

सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् ।
इलाका प्रहरी कार्यालय मर्चवारले विद्यार्थी कुट्ने शिक्षक बरईलाई आइतबार पक्राउ गरेको छ । प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालकाअनुसार कुट्ने शिक्षक र कुटाई खाने विद्यार्थी एउटै गाउँको भएकाले परिवारजनले किटानी जाहेरी दिन अनाकानी गरेको थियो ।

‘शिक्षकलाई सम्मरीमाईबाट पक्राउ गरिएको छ । अब अनुसन्धान गर्छौं र भोलि म्याद थपको प्रक्रियामा लैजान्छौं’ ढकालले भने ।

उनलाई बालबालिकाबिरुद्धको अपराध अन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी छ ।

पक्राउ परेका शिक्षकले आफ्नो गल्ती स्वीकार गरेका छन् । तर गृहकार्य नगरेको भनेर सामान्य तर्साउन खोज्दा विद्यार्थी आफैंविरुद्ध आक्रमण गरेपछि कुटपिट गरेको बताएका छन् । विद्यार्थीको आँखामा चोट लागेका विषयमा भने उनले विद्यार्थीले हात चालेको र हातमा हिर्काउन खोज्दा आँखामा लागेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा