शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रिभेराको वार्षिक खेलकुद उत्सव सुरु (भिडियो)


  • आइतबार, पुष २० २०७६
30.4K
SHARES

२० पुस, काठमाडौँ ।
चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीको वार्षिक खेलकुद सप्ताह आजबाट सुरु भएको छ ।


पुस २० गते आइतबार स्कूलको प्रांगण मैजुबहालमा भब्य कार्यक्रमको आयोजना गर्दै वार्षिक खेलकुद सप्ताहको उद्घाटन गरिएको थियो ।
२ दिनसम्म चल्ने उक्त खेलकुद सप्ताहमा ५० भन्दा बढी खेलहरु समावेश गरिएको जनाइएको छ ।


१३औँ साग तेक्वान्दोतर्फकी दुई स्वर्ण विजेता आयशा शाक्यको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय पारा तेक्वान्दो कोच तथा प्रशिक्षक कविराज नेगी, स्कूलका प्रिन्सिपल प्रज्वल कोइराला एवं विद्यालय टिम, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।


पानसमा दीप प्रज्वलन गरि कार्यक्रमकी प्रमुख अतिथि शाक्यले खेलकुद उत्सवको उद्घाटन गरेकी थिइन् ।


मार्च पासद्धारा रिभेरामा अध्ययनरत विद्यार्थीले उपस्थित अतिथिलाई स्वागत गरेका थिए ।
सोमबार प्रतियोगिता सकिने र सोही दिन समापन कार्यक्रमका विच विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिने छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल प्रज्वल कोइरालाले अनिवार्य क्रियाकलाप अन्तर्गत रिभेराले कम्तिमा हप्ताको एक दिन विद्यार्थीलाई खेलकुदका गतिविधिहरुमा सहभागि गराउँदै आएको छ र सोही गतिविधिको मुल्यांकनका निम्ति वार्षिक खेलकुद उत्सवको आयोजना गरिएको बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले वार्षिक खेलकुद सप्ताहको सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयमा विषयगत पढाई जस्तै खेलकुदलाई पनि प्राथमिकता दिन आवश्यक रहेको बताएकी थिइन् ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले रिभेरा इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल प्रज्वल कोइरालासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा