शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

न्यु होलि क्रस स्कुलले मार्ग दर्शन सहितको ब्यबहारिक शिक्षा दिँदै


  • आइतबार, पुष २० २०७६
29K
SHARES

काठमाडौँ ।
काडाघारीमा रहेको न्येु होलि क्रस स्कुल शिक्षक अभिभावकको रोजाइमा पर्ने बिद्यालय मध्ये पर्दछ ।

किताबी ज्ञानका साथै जीवन पयोगी ब्यबहारिक र मार्ग दर्शन सहितको शिक्षालाइ जोड दिदै आएको छ । शिक्षाको माध्यम बाट बैयक्तिक र सामाजिक रुपान्तरण ल्याउनु पर्ने बिद्यालयका प्रद्यानध्यापक याक्थुङ पी सामसोहाङ बताउनु हुन्छ । उनले भने बिद्यालयमा अतिरिक्त क्रियाकलाप मार्फत बिद्यार्थीको सर्वाङ्गिण बिकासलाई जोड दिदै बिद्यालयमा नया नया प्रबिधि मार्फत बिद्यार्थीको सिकाइ लाइ प्रभावकारीरुपले अगाडी बढाइरहेका छौ । पुर्णरुपले बालमैत्री यो बिद्यालयमा बिद्यार्थीहरुको सिक्ने क्षमता उनिहरुको मनौबैज्ञानिक पक्षलाइ हेरेर शिक्षा दिइरहेको छ । बढी भन्दा बढी बिद्यार्थीलाइ प्राक्टीकल गरि सिकाइने यो बिद्यालयमा बिद्यार्थीहरुलाई तनाव मुक्त बनाएर अध्ययन गराउनु पर्दछ भन्ने मान्यता राखिएको छ । यसका लागि बिद्यालयले नियमित योग अभ्यास गराउने गर्दछ ।

एउटा बिद्यार्थीलाई समान्य शिक्षा दिएर मात्र पृुग्दैन उनिहरुको लागि जिवनमा के गर्नु पर्दछ भन्ने जिवन दर्शन दिनु उतिकै महत्वपुर्ण छ । बिद्यार्थीको सोच क्षमता अनुसाार उनिहरुले भविश्यमा के गर्न सक्छन भन्ने कुरा अर्थपुर्ण हुने द्यिालयका प्रिन्सीपल सामसोहाङले बताए ।
उनका अनुसार बालबलिका प्रति सकरात्मक दृष्टिकोण, आचरण र इमानमा प्राथमिकता, बालमैत्री चौतिक संरचना, शान्त, सुरक्षित र वाताबरणमैत्री कक्षा कोठा, खेल मैदानको सुबिधा, दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षकहरुद्धारा अध्यापन, सहभागितात्मक शिक्षण पद्धति, मार्शल आर्ट,ध्यान योगा र अन्य रचनात्मक गतिबिधीबाट स्वगस्थ जिवन र नेतृत्व तथा ब्यक्तित्व बिकासमा जोड दिने प्रिन्सिपल सामसोहाङले बताए ।

शिक्षाको माध्यम बाट समाजलाइ नया गति दिनको लागि बिद्यालयले जिम्वेवार कर्तब्य परायण सिर्जनशल बिद्यार्थीको उत्पादनमा जोड दिदै आएको छ ।

व्यवहारिक तथा प्रयोगात्मक शिक्षालाई मूल औँजार बनाएर शिक्षालाई स्वावलम्बी बनाउनु नै यो विद्यालयको दीर्घकालिन लक्ष्य रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा