शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

साम्तेनका ३२ विद्यार्थीलाई छात्रवृत्ति (भिडियो)


  • शुक्रबार, पुष १८ २०७६
25.1K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।


शनिबार स्कूलकै प्रांगण कपनमा एक भब्य कार्यक्रमको आयोजना गर्दै हिमालयन रिजन वेयलफेयर फाउण्डेशन नेपालले छात्रवृत्ति प्रदान गरेको हो ।


हिमालयन रिजन वेयलफेयरद्धारा साम्तेनका ३२ विद्यार्थीलाई चेक वितरण गर्दै छात्रवृत्ति प्रदान गरेको हो ।


महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडा सदस्य विनोद तामाङ, हिमालयन रिजन वेयलफेयरका अध्यक्ष निमा शेर्पा, कोषाध्यक्ष निम्तो शेर्पा एवं पदाधिकारी, अक्कल तामाङ, नोर्बु शेर्पा, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रमको अवसरमा वल्र्ड कराँते फेडेरेशनका रेफ्री तथा प्रशिक्षक दिपक लामा, बंगलादेशमा सम्पन्न इन्टरनेशनल कराँते च्याम्पियसिपकी स्वर्ण विजेता तथा साम्तेनमा कक्षा ६ मा अध्ययनरत छात्रा निर्मला कुलुङलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा मार्चपासद्धारा साम्तेनमा अध्ययनरत विद्यार्थीहरुले उपस्थित अतिथि एवं अभिभावकहरुलाई स्वागत गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री गुरुङले छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीलाई आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै आफु महिला, बालबालिका एवं जेष्ठ पक्षमा उभिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले हिमालयन रिजन वेयलफेयर फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष एवं साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका संस्थापक सदस्य निमा शेर्पा, हिमालयन रिजन वेयलफेयर फाउण्डेशन नेपालका कोषाध्यक्ष एवं साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका अध्यक्ष निम्तो शेर्पा र साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल शक्तिराज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा