काठमाडौँ ।
समाजसेवी तथा युवा ब्यबसायी श्रीकृष्ण श्रेष्ठ (आयन) को जन्म २०५६ साल असार १५ गते हालको बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ चुनिखेलमा पिता भाइलाल श्रेष्ठ र आमा कान्छी श्रेष्ठको कोखबाट जन्म भएको हो । उनको प्रारम्भिक शिक्षा चुनिखेल स्थित पिक प्वाइन्ट एकेडेमीबाट सुरु गरेका थिए ।
हाल उनि न्हु एकेडेमी, चाबहिलका फाउन्डर हुन् भने बूढानीलकण्ठ नेवा पुचःका अध्यक्ष, बालुवाटार मोडर्न कलेज तथा स्कुलमा शेयर धनी एवं लायन्य इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः का चार्टर प्रेसिडेन्ट पनि हुन ।

आजकालको समयमा अपबाद बाहेक कमै मात्र मान्छेले समाज सेवाको बाटो रोजेका हुन्छन । र यो पनि सत्य हो समाज सेवाको बाटो अपनाउनु साधारण विषय बस्तु मात्र हैन यो त एउटा आदर्श पनि हो आदर्शले निर्माण गरेका विचारमा उद्वेलित भएर अगाडी बढ्ने शाहस गर्नु निकै ठूलो निर्णय हो । यस्तो निर्णय चिर कार्यान्वयन गर्ने दिशामा आयन श्रेस्ठ अगाडी बढ्दै छन । जसले आजको बदलिदो समयमा मानिसहरुमा समाज सेवाको भावना प्रेरित गराउन पनि प्रेरणा मिल्ने छ ।
सानैदेखि दयालु स्वभाबका आयन जसले मानिसहरुको दुःखहरु देख्दा उनलाई पिडा हुन्थ्यो । सडकमा हिडेका बालबालिका देख्दा उनको मनमा नरमाइलो महशुस हुन्थ्यो । उनीहरुको कलिलो मस्तिष्कलाई शिक्षाको उज्यालो प्रकाश प्रज्वलित गराउने उनको बिचार सानैदेखि पलाएको हो ।
जब उनी कक्षा १० पास गर्ने वित्तिकै आफै ब्यबसायिक रुपमा आय आर्जन गर्न थालिसकेका थिए । कमाएको केही रकम जम्मा गरेर बिद्यालयको काखमा खेल्न नपाएका विद्यार्थीहरुलाई आफुले सकेसम्म कलम, कपी किनेर दिन थालेका थिए । यो कार्य समाजका उदाहरणिय मात्रै बनेन उनका साथीहरु समेत सहभागी भए । उनका साथी विकास अमित मिलेर स्कुलहरुमा भ्रमण गरि विद्यार्थीहरु जो साधारण कपि कलमसम्म किन्न सक्दैनथ, त्यस्ता विद्यार्थीहरुलाई उनीहरुले शैक्षिक सामाग्री सहयोग गर्न थालेका थिए । यसै क्रममा उनीहरु मिलेर बूढानीलकण्ठ नेवा पुचः भन्ने सस्था स्थापना गर्दै छन । यस संस्थाको दर्ता प्रकृया थालनी गरेका छन ।
२१ बर्षे युवा आयन श्रेष्ठले आफ्नो व्यबसायिक कामबाट बचेको समय समाज सेवामा खर्ची रहेका छन । विभिन्न बोर्डिङ्ग र सरकारी स्कुलमा पढ्ने ९ जना विद्यार्थीहरुलाइ उनीहरु मिलेर निर्माण भइरहेको बूढानीलकण्ठ नेवा पुचः ले पढाइरहेको छ । आजकाल जती कमाई भए पनि सामाजिक कार्यको लागि केही मात्र भए पनि पैसा छुट्याउने उनको आदत नै बसी सकेको छ ।

नेपालमा रहेका शिक्षाबाट बञ्चित गरिब, दुखी तथा सडकमा अञ्जान अबोध बालबालिकालाई सुन्दर भबिष्यको गोरेटोमा हिडाउन सबै सचेत नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्ने उनको तर्क रहेको छ । यदि सबैले समाजको लागि आफुले कमाएको थोरै रकम मात्र खर्चिने हो भने यस्ता खालका समस्या समाधान हुने उनको बिश्वास रहेको छ ।
समाजका विभिन्न ब्यक्तिहरुको सहयोग तथा सुभेच्छा, माया पाउन थालेको महशुस गरिरहेका उनी समाज सेवाको महान कार्य अगाडि बढाउनका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षा गर्छन ।
यो कार्य बास्तबमै समाजको लागि अनुकरणीय मात्रै छैन समाजका लागि प्रेरक पनि छ । उनी जस्ता युवाको कामलाई हामी सबैले सम्मान र सहयोग गर्नु पर्छ ।