शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गैँडाछाप सिमेन्टको मूल्य घट्यो


  • बिहिबार, पुष १७ २०७६
15.9K
SHARES

नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ ।

देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु २५ का दरले घटाइएको उद्योग प्रशासनले बताएको छ ।

यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८०३ रहँदै आएकामा तीन दिनअघि गैँडाछाप सिमेन्टको मूल्य रु २५ घटाएर प्रतिबोरा रु ७७८ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो । गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले बिक्री दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा