शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइयो : सञ्चारमन्त्री बाँस्कोटा


  • बिहिबार, पुष १७ २०७६
14.2K
SHARES

फाइल तस्विर

१७ पुस, काठमाडौं ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता गर्नुपर्ने भनेर भ्रम फैलाइएको बताए । उनले भने, ‘यसमा म ठाडै खारेज गर्छु ।’

उनले अघि भने, ‘दर्ता आम प्रयोगकर्ताले होइन, जसले सामाजिक सञ्जाल चलाउँछु भन्छ, त्यसले गर्नुपर्छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर पनि झुटो प्रचार भएको बताए । ‘त्यहाँ निरन्तर भन्ने शब्द लुकाइएको छ’ उनले भने ।

निरन्तर भयो भने नियतसँग जोडिने भएकाले त्यसलाई दण्डनीय बनाउनु परेको बताए ।

सरकारलाई बद्नाम गर्न, नागरिकलाई उचाल्न विधेयकबारे फोस्रो प्रचार गरिएको उनको दाबी छ । सरकारले ल्याएको विधेयकमा संसदीय समितिले संशोधन गर्दा विपक्षीका ८ वटा सुझाव स्वीकार गरिएको भन्दै उनले भने, ‘सत्य छोप्ने काम नगरौं । होइन भने ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्नुपर्ने हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा