
फाइल तस्विर
१७ पुस, काठमाडौं ।
नक्कली प्रहरी बनेर धम्क्याउने गरेको आरोपमा प्रहरीले काठमाडौंको कागेश्वरीबाट २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थानको च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कागेश्वरी नगरपालिका-७ मुलपानी थापागाउँबाट ‘ब्यूरोको प्रहरी हौं’ भन्दै सर्वसाधरणलाई धम्क्याएर हिंडेको आरोपमा उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल, ४ थान पकेट पर्स, ४ थान मोबाइल, १ थान चाँदीको सिक्री र २१ हजार ९ सय ३५ रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।