काठमाडौँ ।
उस्सुतर्फकी ५६ केजी तौल साग स्वर्ण विजेता जुनी राईलाई संगम चोक, वानेश्वरमा रहेको काठमाण्डौ प्रज्ञाकुञ्ज स्कूलले सम्मान गरेको छ ।
मंसिर १२ गते शनिबार स्कूलको प्रांगण वानेश्वरमा आयोजित प्रि–प्राइमरी तहको वार्षिक खेलकुद दिवसको उद्घाटन कार्यक्रमको अवसरमा राईलाई सम्मान गरेको हो ।
स्कूलकी प्रिन्सिपल सुनिता पौडेल, कपिलदेव शर्मा, सपना खरेल र खेलकुद विभागका श्याम तामाङले संयुक्त रुपमा सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
काठमाण्डौ प्रज्ञाकुञ्ज स्कूलमा अध्ययनरत विद्यार्थीहरुले मार्च पासद्धारा उपस्थित अभिभावक, अतिथिलाई स्वागत गरेका थिए ।
स्कूलकै खेलकुद मैदानमा गरिएको उक्त वार्षिक खेलकुद दिवसमा एक विद्यार्थीले ३ खेलमा सहभागि हुने प्रावधान राखिएको थियो ।
विजयी विद्यार्थीहरुलाई शनिबार नै पुरस्कृत गरिएको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले काठमाडौँ प्रज्ञाकुञ्ज स्कूलकी प्रिन्सिपल सुनिता पौडेल र उस्सुतर्फकी साग स्वर्ण विजेता जुनी राईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।