८ पुस, काठमाडौँ ।
शान्तिनगर, बानेश्वरमा रहेको ग्लेसियर इन्टरनेशलन कलेजले विद्यार्थीको स्वागत, विदाई एवं ‘तेश्रो मिस्टर एण्ड मिस ग्लेसियर’ सम्पन्न गरेको छ ।
आइतबार कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरिएको थियो ।
वरिष्ठ शिक्षाविद डा. विन्दु राज लोहनीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, कलेज व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो चरण अन्तर्गत औपचारिक र दोश्रो चरणमा अनौपचारिक कार्यक्रम गरिएको थियो ।
औपचारिक कार्यक्रममा ग्लेसियर कलेजले अवलम्बन गर्ने शैक्षिक गतिविधिमा केन्द्रित हुँदै विभिन्न वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।
यस्तै उक्त कार्यक्रमको अवसरमा सागमा उत्कृष्ट हुने तेक्वान्दो खेलाडीहरुलाई कलेजको तर्फबाट सम्मान गरिएको थियो भने विभिन्न संकायबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख दिवस शाक्यले ग्लेसियर कलेजले आफ्नो सफल बाटो बनाई रहँदा यसको श्रेय अध्ययनरत विद्यार्थीहरुलाई जाने भन्दै विद्यार्थीहरु प्रति आवार व्यक्त गरेका थिए ।
अनौपचारिक कार्यक्रम अन्तर्गत बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफ्नो प्रहशन पस्तुत गरेका थिए । जसबाट हलमा हासोको गुन्जयमान चलेको थियो ।
यस्तै ग्लेसियर कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।
तेश्रो मिस्टर एण्ड मिस ग्लेसियरको उपाधि तुलसी विक्रम कार्की र प्रशन्न प्रसाईलाई
प्रज्ञा प्रतिष्ठानको हलमा आइतबार सम्पन्न तेश्रो मिस्टर एण्ड मिस ग्लेसियरको उपाधि तुलसी विक्रम कार्की र प्रशन्न प्रसाईले जितेकी छिन् ।
मिस्टर ग्लेसियरतर्फ फस्र्ट रनअप रोनक पराजुली, सेकेण्ड रनरअप अश्विनी कार्की भएका छन् ।
भवानी इन्टरटेनमेन्टसंगको सहकार्यमा तेश्रो मिस्टर एण्ड मिस ग्लेसियर भव्यताका साथ सम्पन्न भएको छ । जसबाट सहभागी विद्यार्थीको व्यक्तित्व विकासमा थप टेवा पुगेको महशुस गरेका छौँ इभेन्ट डाइरेक्टर एवं भवानी इन्टरटेनमेन्टका अध्यक्ष सोनितराज ढुंगेलले बताए ।
उक्त प्रतियोगिताको अफिसियल फोटोग्राफर युवराज नेपाल, अफिसियल कोरियोग्राफर दिया श्रेष्ठ र संयोजक पूर्व मिस एण्ड मिस्टर ग्ल्यासियर विजेता द्धय विश्व घिमिरे, युना गुरुङ रहेकी थिइन् ।
निर्णायक मण्डलमा लभिन अन्सारी, सगुन पाण्डे, काश्या अधिकारी, सोफिया तिमल्सिना रहेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले ग्लेसियर कलेजका क्याम्पस प्रमुख दिवस शाक्यसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।