७ पुस, काठमाडौँ ।
ललितपुर महानगरपालिका वडा नम्वर ६, नहिटी, लगनखेलमा रहेको माइलस्टोन स्कूलले ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार स्कूलको प्रांगण नहिटीमा गरिएको उक्त कार्यक्रममा उल्लेख्य अभिभाकहरुको उपस्थिति रहेको थियो ।
अभिभावकहरुलाई अभिमुख गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा डा. विनोद नेपाल रहेका थिए ।
३ घण्टासम्म चलेको उक्त अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रमुख वक्ता नेपालले विभिन्न प्रयोगात्मक विधिबाट अभिभाकहरुलाई अभिमुख गरेका थिए ।
माइलस्टोन जस्तो नाम छ, सोही अनुसार नयाँ ढंगबाट अगाडी बढ्न चाहन्छ । वर्तमान शिक्षाको अवधारणा विस्तारै विश्वमा परिवर्तन हुँदै छ । यो परिवर्तनलाई हामीले आत्मसाथ गरेका छौँ । विद्यार्थीको चौतर्फी विकास गर्न हामी प्रतिवद्ध भएर लागेका छौँ । त्यसमा अभिभाकको उत्तिकै साथ आवश्यक छ । जसको लागि ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरिएको स्कूलका डाइरेक्टर कृष्ण प्रसाद चौलागाईले बताए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले माइलस्टोन स्कूलका डाइरेक्टर कृष्ण प्रसाद चौलागाईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।