शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आज यस वर्षकै सबैभन्दा छोटो दिन


  • आइतबार, पुष ६ २०७६
19.1K
SHARES

फाइल तस्विर

फाइल तस्विर

काठमाडौँ ।

आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ।  आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ। पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो।

दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ।  हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा  हुन्छ। जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ। हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन्।

तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा