शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ॐ चावहिल डेन्टल र लायन्स क्लब इन्टरनेशनल ३२५ ए-वानविच सेवा सम्झौता


  • आइतबार, पुष ६ २०७६
34.5K
SHARES

काठमाडौँ ।
चाबहिल चोकमा रहेको ॐ चावहिल डेन्टल हस्पिटल र लायन्स क्लब इन्टरनेशनल ३२५ ए-वानबिच सेवा सम्झौता भएको छ । लायन्समा आवद्ध सदस्यहरुलाई ॐ चावहिल डेन्टलले उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरि उक्त सम्झौता गरिएको हो ।


सम्झौतामा लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानका तर्फबाट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, पीएमजेएफ सेकेन्ड सेन्चुरी एम्बास्डर तथा फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन लायन टंक बहादुर श्रेष्ठ एमजेएफ र ॐ चाबहिल डेन्टल हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अनिल कुमार शर्मा र डा. निशा खड्काले हस्ताक्षर गरेका छन् ।

लायन्स क्लब अफ काठमाडौं बौद्धको पहलमा भएको उक्त सम्झौतापछि लायन्स क्लबमा आवद्ध सदस्यहरूले विशेष छुट पाउने काठमाडौं बौद्धका प्रेसिडेन्ट भुवन पोखरेलले बताए ।

यस्तै उक्त सम्झौताका दिन लायन्स क्लब अफ काठमाडौं बौद्ध र ॐ चाबहिल डेन्टल हस्पिटलको सहकार्यमा चाबहिल लामपोखरीमा रहेको शब्दालय विद्यालयको प्राङ्गणमा निःशुल्क दन्त शिविर र क्यान्सर सचेनतामूलक अभिमुखिकर कार्यक्रम सम्पन्न गरिएको प्रेसिडेन्ट पोखरलले बताए ।

विद्यार्थी र अभिभावक गरि ३२५ जनाको दन्त परीक्षण गरिएको र जसमा पाँच जनाको दाँत निकालिएको थियो ।

शिविरमा चिफ एरिया कोअर्डिनेटर लायन सुरेन्द्र प्रकाश बलाय एमजेएफ, चिफ एओजी लायन कर्मा गुरूङ एमजेएफ, एरियमा कोअर्डिनेटर द्वारिका श्रेष्ठ, लगायत काठमाडौं बौद्धका लायन सदस्यहरूको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा