शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्याब्सकको नयाँ नेतृत्वका लागि चौथो अधिवेशन धुलिखेलमा हुँदै


  • सोमबार, मंसिर २३ २०७६
30.5K
SHARES

२३ मंसिर, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को नयाँ नेतृत्वका लागि ‘चौथो अधिवेशन–२०७६’ धुलिखेलमा हुने भएको छ ।

मंसिर ४ गते प्याब्सकको कार्यालय, कपनमा बसेको कार्यसमितिको पुर्ण बैठकले मंसिर २५ गते बुधबार धुलिखेलमा रहेको जंगल रिसोर्टमा अधिवेशन तय गरिएको जनाइएको छ ।

निजी विद्यालयको हक, हित तथा विद्यार्थीको शैक्षिक उन्नयन सन्दर्भमा प्याब्सकले विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आइरहेको र आगामी दिनमा यसलाई थप परिस्कृत, परिमार्जित गर्दै लैजाने तथा समय सापेक्ष प्रविधिमैत्री शिक्षा प्रदान गर्ने सन्दर्भमा बृहत छलफल हुने सो अधिबेशन प्रचार–प्रसार समितिका संयोजक तथा महासचिव गेन्द्र लामाले बताए ।

केटिएम खबरसंग कुराकानी गर्दै लामाले भने, प्रविधिको विकासले शिक्षामा नयाँ आयाम क्रमस श्रृजना भइरहेको र विकसित राष्ट्रहरुले अबलम्बन गर्दै आइरहेको शिक्षाको गतिशिलतामा हामीलाई रुपान्तरण गर्नुपर्छ । हाम्रो मुल उद्देश्य भनेको शिक्षा दिने भएकोले विद्यार्थीहरुलाई बहुआयामिक क्षमतायुक्त बनाउन आवश्यक छ । जसलाई मुर्तरुप दिन चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
१५ सदस्य कार्यसमिती रहने प्याब्सकमा ४२ विद्यालय आवद्ध छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा