
१८ मंसिर, काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको साताव्यापी रुपमा चलेको क्याम्पियन ‘डिजी सर्भिस विक’ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्टले गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलस्थित सुनौलो पाइला संस्थामा आश्रय लिईरहेका अनाथ बालबालिकाहरुलाई खाना खुवाउने भएको छ ।
लायन्स क्लब अफ काठमाडौँ लिडरशिप फर चेन्जको र लायन्स क्लब अफ काठमाडौँ सिम्रिकसंगको सहकार्यमा मंसिर २० गते शुक्रबार बेलुका ६ बजे सुनौलो पाइला संस्थाका बालबालिकाहरुलाई बेलुकाको खाना खुवाउने कार्यक्रम रहेको लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्टका प्रेसिडेन्ट रमेश श्रेष्ठले बताए ।
यस्तै डिजी सर्भिस विक अन्तर्गत मंसिर १९ गते बिहिबार बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा चाइल्ड क्यान्सर अवेरनेस कार्यक्रम रहेको छ भने मंसिर २१ गते चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीमा ‘बृहत रक्तदान’ कार्यक्रम रहेको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।