शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

५ जिल्लाका सीडीओको सरुवा


  • बुधबार, मंसिर १८ २०७६
23K
SHARES

फाइल तस्विर

फाइल तस्विर

गृह मन्त्रालयले विभिन्न ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओको सरुवा गरेको हो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायण प्रसाद शर्माालई जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा गरेको छ । चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्साको सीडीओ बनेर गए ।

यस्तै, भक्तपुरका सीडीओ नारायण प्रसाद भट्ट मकवानपुर पुगेका छन । मकवानपुरका सीडीओ प्रेमराज जोशी भरतपुर महानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा चितवन सरुवा भए ।

भक्तपुरमा गृह मन्त्रालयमा कार्यरत सहसचिव हुमकला पाण्डे सीडीओ भएर गएकी छन् ।

गृह मन्त्रालयले लमजुङका सीडीओ ९उपसचिव० डा. जिन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थानमा सरुवा गरेको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपचसचिव लक्ष्मण बहादुर खड्का लमजुङको सीडीओ भएर गएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा