शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

१२ जिल्लामा न्यायाधीश हेरफेर, को कहा ?


  • बुधबार, मंसिर १८ २०७६
18.4K
SHARES

फाइल तस्विर

फाइल तस्विर

न्यायपरिषद् बैठकले ७ जिल्लामा न्यायाधीश सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषद बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके र सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो ।

परिषदका अनुसार भोजपुरमा गेहेन्द्रराज पन्त, रुकुममा विद्याराज पौडेल, सोलुखुम्बुमा महेन्द्रराज काफ्ले, डोल्पामा टेकराज जोशी, झापामा इन्दिरा शर्मा, बाँकेमा मनकुमारी जिएम र सप्तरीमा रिताकुमारी बख्रेल सिफारिस भएका छन् ।

पन्त उच्च अदालत तुल्सीपुरस्थित बुटवल इजलासका रजिष्ट्रार हुन् भने पौडेल सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् । काफ्ले पनि सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् ।

जोशी उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार हुन् भने शर्मा सर्वोच अदालतकी उपरजिष्ट्रार हुन् ।

विक पनि सर्वोच्च अदालतकी उप रजिष्ट्रार हुन् भने बख्रेल पनि सर्वोच्चकै उप रजिष्ट्रार हुन् ।
त्यस्तै ५ जिल्लामा न्यायाधीश सरुवा भएका छन् । जसअनुसार खिलराज रेग्मी (बारा), अमृतबहादुर बस्नेत(झापा), अम्बिकाप्रसाद निरौला (काठमाडौं), तेजबहादुर खड्का (मोरङ), आत्मदेव जोशी (धादिङ) सरुवा भएका भएका हुन् ।

रेग्मी भोजपुर जिल्ला अदालतमा कार्यरत थिए भने बस्नेत सोलखुम्बु जिल्ला अदालतमा कार्यरत थिए ।

निरौला नवलपुर जिल्ला अदालतमा कार्यरत थिए भने खड्का दोलखा जिल्ला अदालतमा कार्यरत थिए । त्यस्तै जोशी रुकुम जिल्ला अदालतमा कार्यरत थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा