
४ मंसिर, काठमाडौं ।
जोजे माउरिन्हो इंग्लिस क्लब टोटनह्यामको प्रशिक्षक नियुक्त भएका छन् ।
उनले यसअघि चेल्सी, रियल मड्रिडलगायतका क्लब सम्हालिसकेका छन् । तर डिसेम्बरमा म्याचेष्टर युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि उनी क्लबविहीन थिए । यद्यपि उनले चीन, स्पेन र पोर्चुगलका केही क्लबबाट आएको प्रस्ताव भने अस्वीकार गरेका थिए ।
नयाँ सम्झौताअनुसार उनी २०२२/२३ सिजन अन्त्यसम्म टोटनह्यामको प्रशिक्षक रहनेछन् । ५९ वर्षीय माउरिन्होले भने, ‘टिम र एकेडेमीको गुणस्तरले मलाई उत्साहित बनाएको छ ।’
क्लबका अध्यक्ष डानिअल लेभीले माउरिन्हो फुटबलमा सफल प्रशिक्षक भएको बताए ।
टोटनह्यामले बुधबार मात्र प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।