शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाढी पीडितका लागि होटल स्मार्ट र स्मार्ट दरबारको ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग


  • बिहिबार, भाद्र १८ २०८३
589
SHARES

काठमाडौँ । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि होटल स्मार्ट र स्मार्ट दरबारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाढीका कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनर्स्थापनाको कार्यमा सहयोग पु¥याउने उद्देश्यले दुवै संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन् ।

होटल स्मार्टको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र स्मार्ट दरबारको तर्फबाट २ लाख २२ हजार २ सय २२ रुपैयाँ गरी कुल ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरिएको हो । सहयोग रकमको चेक होटल स्मार्ट तथा स्मार्ट दरबारका अध्यक्ष सुरेश कार्कीले बुधवार अर्थमन्त्रीको कार्यकक्षमा उपस्थित भई हस्तान्तरण गरेका हुन् ।

स्मार्ट ग्रुप अफ हस्पिटालिटीले यसअघि पनि विभिन्न प्राकृतिक विपद्, सामाजिक समस्या तथा मानवीय संकटका समयमा सहयोग गर्दै आएको जनाएको छ । विपद् प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि आफ्नो क्षमता र आवश्यकताअनुसार सामाजिक सेवाका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने संस्थाको भनाइ छ।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष सुरेश कार्कीले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताएका छन् । प्राकृतिक विपद्का कारण समस्यामा परेका परिवारको दुःखमा केही भए पनि राहत पु¥याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको उनले बताए ।

कार्कीले विपद् प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र सामाजिक संस्थाबिचको सहकार्यबाट मात्रै विपद्पछिको पुनर्स्थापनालाई प्रभावकारी बनाउन सकिने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा