सोमबार, साउन ११ २०८३
ताजा अपडेट

सुनचाँदीको मूल्य बढ्ने क्रम जारी


  • सोमबार, साउन ११ २०८३
228
SHARES

फाइल तस्विर

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातादेखि नै सुनको मूल्य बढ्ने क्रम जारी छ । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४४५ रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ३२० रुपैयाँ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा