शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

राष्ट्रिय परिचयपत्र भएका बैंक खातावालले अनिवार्य रूपमा विवरण अद्यावधिक गर्नुपर्ने


  • बिहिबार, असार ३२ २०८३
1.5K
SHARES

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रको प्रयोगलाई थप अनिवार्य बनाएको छ।

राष्ट्रिय परिचयपत्र लिइसकेका बैंक खातावालले २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बैंकमा अद्यावधिक गर्नुपर्ने भएको छ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको सम्बन्धमा स्व: घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरेर मात्र नयाँ खाता खोल्नुपर्ने व्यवस्था मिलाउनुप र्नेछ।

त्यस्तै, राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकलाई परिचयपत्र लिएर ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्न बैंकहरूले प्रत्येक ६ महिनामा मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा