शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

इंग्ल्यान्ड हराउँदै अर्जेन्टिना पुग्यो फाइनलमा


  • बिहिबार, असार ३२ २०८३
1.3K
SHARES

काठमाडौं । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे ।

तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ । अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा