शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

तीन वटा संसदीय समितिको बैठक बस्दै


  • बुधबार, असार ३१ २०८३
1.3K
SHARES

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बिहान ८ः३० बजे बस्ने भएको हो ।

बैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची रहेको छ ।

आव २०८२–८३ मा नेपाल धितोपत्र बोर्डबाट भएगरेका मुख्य—मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरूका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बिहान ८ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफल हुने छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ८ः३० बजे बस्ने भएको छ ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा