शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह


  • बिहिबार, असार २५ २०८३
1K
SHARES

फाइल तस्विर

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् ।

निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएपछि सभामुखले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने प्रस्ताव राखे ।

त्यसअनुसार नेपाली कांग्रेसकी सांसद नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिए ।

तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् ।

त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन् ।

‘मैले माननीय सदस्यहरूलाई आग्रह गरे बमोजिम नै माननीय सदस्यहरूको विरोध गर्ने शैली पनि … विरोध पनि के विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन’ सभामुख अर्यालले भने ।

उनले अगाडि थपे, ‘त्यसकारणले जुन विषयवस्तुको लागि विरोधको सुरुवात गरिएको छ । त्यहीभित्र बसेर आफ्ना भनाइ राख्दाखेरि त्यसको अँैचित्य पनि पुष्टि होला ।’

यत्ति भनेर सभामुख अर्यालले विपक्षीको तर्फबाट एक जनाले मात्रै बोल्ने प्रक्रियाका निम्ति आग्रह गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा