शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

संसद्‌को पनि सय दिनको समीक्षा गरौँः रास्वपा सांसद विपिन आचार्य


  • बुधबार, असार ३१ २०८३
1.4K
SHARES

काठमाडौं । सत्तारुढ रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्न प्रस्ताव गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको सय दिनको समीक्षा भएजस्तै संसद्को समीक्षा गर्न प्रस्तुत गरेका हुन् ।

‘सामान्यतया सरकारको सय दिन पुगेपछि ‘हनिमुन पिरियड’ सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ। संसद्को हकमा चाहिँ ‘हनिमुन पिरियड’ भनेर सुनेजस्तो लाग्दैन। खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ,’ उनले भने, ‘संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ? सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? संसदीय समितिहरूले कति काम गरे ? संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए ? सांसदहरूको प्रस्तुति कस्तो रह्यो ?’

प्रतिनिधिसभा नियमावली उल्लंघन कसले कति पटक गरे त्यसलाई संसद्ले कसरी लियो भन्नेबारे पनि समीक्षा गर्न उनले सभामुखसँग आग्रह गरे ।

‘प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन सत्तापक्ष, सरकार र प्रतिपक्षले कतिपटक गरे ? ती उल्लङ्घनलाई संसद्ले कसरी लियो ? संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो ? एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत पुगेन ?,’ उनले भने, ‘संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ पनि हो, त्यसैले हामी सही दिशामा छौँ वा छैनौँ ? यी सबै विषयको समीक्षा गर्न म सम्माननीय सभामुखज्यूसँग आग्रह गर्दछु।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा