एजेन्सी । चीन सरकारले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लागू गर्ने तयारी गरिरहेको छ ।
चिनियाँ अधिकारीहरूले एक महिना यता देशका प्रमुख प्रविधि (टेक) कम्पनीहरूसँग बैठकहरू गरेका हुन् । साेही बैठकहरूमा विदेशबाट चीनका अत्याधुनिक एआई मोडेलहरूमा हुने पहुँचलाई सीमित गर्ने विषयमा गहन छलफल भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । चीनको वाणिज्य मन्त्रालयको नेतृत्वमा आयोजित बैठकहरूमा अलिबाबा, बाइटडान्स र चर्चित एआई स्टार्टअप जेटडटएआई लगायत प्रमुख कम्पनीहरू सहभागी भएका थिए ।
छलफलका क्रममा अधिकारीहरूले भविष्यमा सार्वजनिक हुने तथा हाल सञ्चालनमा रहेका दुवै प्रकारका उन्नत एआई मोडेलमाथि सरकारी नियन्त्रण थप कडा बनाउन सकिने स्पष्ट संकेत दिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।