काठमाडौँ । टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलिया राष्ट्रिय शिक्षा सम्मान–२०८३ बाट सम्मानित भएका छन् । फोकस नेपालले आयोजना गरेको ‘शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू’ विषयक विचार गोष्ठी तथा राष्ट्रिय शिक्षा सम्मान–२०८३ कार्यक्रमबाट डा. थपलिया सम्मानित भएका हुन् ।
शिक्षा र सूचना प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत उनलाई ताम्रपत्रद्धारा ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ प्रदान गरिएको छ ।
पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा, सूचना प्रविधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
डा. थपलियाले नेपालमा साइबर सुरक्षा शिक्षा, अनुसन्धान, तालिम तथा दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।